068-520146 cycnpl@gmail.com

सुमन जि.सी,
बागलुङ २६, आश्विन २०७४

प्राथामिक स्वास्थ्य सेवा श्रोत केन्द्र काठ्माण्डौको सहयोग तथा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल बागलुङ र जिल्ला समन्वय संस्था सिवाईसी नेपालको संयुक्त आयोजनामा बिहीवार स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण सम्वन्धी कार्यशाला गोष्ठि बागलुङमा सम्पन्न भएको छ ।
सबैका लागि स्वास्थ्य भन्ने मुलभुत नारालाई आत्मसाथ गर्दे बागलुङ जिल्लाका जनाताले पाउनुपर्ने स्वास्थ्य अधिकारको अवस्था, स्वास्थ्य सम्वन्धि समस्या, सुर्तिजन्य पदार्थको रोकथाम, सुर्तिजन्य बस्तु न्यूनिकरण ऐनको प्रभावकारी पालना लगाएतका विषयहरुमा जनसमुदायलाई जानकारी गराउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका फिल्ड सुपरभाईजर चुडामणी क“डेलले धुर्मपान तथा सुर्तिजन्य पर्दार्थको प्रयोगबाट हुने असर, यसको रोकथाम, जिल्ला तथा देशमा यसको प्रयोगको अवस्था, ऐनको प्रभावकारी पालनाको स्थिती लगाएतका विषयहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण सञ्जाल प्रदेश नं ४ का संयोजक हरि पौडेलले स्वास्थ्य र स्वास्थय सम्वन्धि अधिकार, नेपालमा स्वास्थ्य अधिकार सम्बन्धी संवैधानीक व्यवस्था, नेपालमा उपलब्ध स्वास्थ्य सेवाहरु, नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा प्रथामिकताका कार्यक्रमहरु लगाएतका विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला समन्वय संस्था सिवाईसी नेपालका प्रवन्धक संगिता शर्मा पौडेलले गरेकी थिइन ।