068-520146 cycnpl@gmail.com

बागलुङ २९, श्रावण २०७५

मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष एवं सामाजिक अभियन्ता राम्जी अधिकारीले सकरात्मक सोचका साथ अगाडि वढ्न सके जीवन सुन्दर हुने धारण व्यक्त गर्नुभएको छ । चारतारे युवा क्लव सिवाईसी नेपालले आयोजना गरेको सकरात्मक परिवर्तनका लागि उत्प्रेरणा सम्वन्धि बृहत सभालाई सम्वोधन गर्दै प्रमुख अतीथि अधिकारीले यस्तो कुरा बताउनु भएको हो । संस्थाका विभिन्न २१ वटा शाखा कार्यालयका १५० जना कर्मचारी र सिवाईसीका उद्यमी सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा सकरात्मक सोच सम्वन्धि आफ्ना विचार राख्ने क्रममा अधिकारीले विचारको परिवर्तनले मानीसको जीन्दगीलाई नै परिवर्तन गर्न सक्ने बताउदै मरेपछी स्वर्ग र नर्गको परिकल्पना गर्नु भन्दा यो धर्तिमा रहुन्जेल आफ्नो मलमलमय जीवनलाई अलमलमा नराखीकन आफ्नो जीवनलाई सुन्दर बनाउने यात्रामा लाग्नु पर्ने बाताउनु भएको थियो । सकरात्मक सोच निर्माणका लागि विभिन्न उदाहरणहरु प्रस्तुत गर्दै अधिकारीले मानीसको उचाई वर्षले होईन कर्मले नाप्नुपर्ने र जीवनमा लम्वाईको भन्दा पनी उचाईको महत्व धैरै हुने धारण व्यक्त गर्नुभएको थियो । अधिकारीले करिब २ घण्टा सकरात्मक परिवर्तनका लागि उत्प्रेरण विषयमा आफ्ना विचारहरु मार्फत सहभागिहरुलाई उत्प्रेरीत गराउनु भएको थियो ।
कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय सचिव रुपा के.सी, केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमील्सीना, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, वित्तीय साक्षरता सम्वन्धि विज्ञ विनोद अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकै क्रममा संस्थाको बुर्तिवाङ शाखाका प्रवन्धक दयाराम थापा, तम्घास शाखाका प्रवन्धक हेमप्रसाद गुरुङ र उद्यमी सदस्य भिमकुमारी श्रीसले कार्यक्रम पश्चात आफुलाई लागेका विषयहरुमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकै क्रममा सिवाईसीले सञ्चालन गरिरहेको मुष्ठिदान कार्यक्रम अन्तर्गत मानवसेवा आश्रमलाई आर्थिक सहयोग समेत उपलब्ध गराएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीले थालानी गरेका प्रत्येक अभियानहरु मानव सेवासंग सम्वन्धित रहेको बताउदै मानविय समवेदना भन्दा ठुलो विषय अरु केही हुन नसक्ने बताउनु भएको थियो । पौडेलले पछिल्लो समयमा युवाहरुमा मौलाउदै गईरहेको नकरात्मक सोचलाई परिवर्तन गर्न नसकेमा देशको समृद्धि भाषाणमा मात्र सीमीत हुने बताउदै आर्थिक समृद्धिका लागि सिवाईसीले यस आर्थिक वर्षमा सकरात्मक सोच निर्माणसंगसंगै, सिपमुलक तालिम तथा वित्तीय साक्षरताको अभियाननै सञ्चालन गर्ने बताउनु भएको थियो ।
संस्थाले वित्तीय साक्षरताको अभियान अन्तर्गत २३ गतेदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ सोही कार्यक्रम अन्तर्गत आज बेलुका ६.३० बजेबाट वित्तीय साक्षरता जागरण सम्वन्धी ¥याली सहित बजार परिक्रम गरी लोकतान्त्रीक चोकमा दिप प्रज्वलन गरी वित्तीय साक्षरता जागरण अभियानको सुरुवात भएको घोषणा गर्ने संस्थाले जनाएको छ ।
कार्यक्रम सस्थाका अध्यक्ष पौडेलको अध्यक्षता कार्यसमिति सदस्य रेशमवहादुर के.सीको स्वागत र प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।