068-520146 cycnpl@gmail.com

बागलुङ, ०१ श्रावण २०७५

धौलागिरी अञ्चल अस्पताललाई आज पोषण पुर्नस्थापना गृह हस्तान्तरण गरिएको छ । नेपाल युथ फाउण्डेसन काठ्माण्डौ र नेपाल सरकारको वाल स्वास्थ्य महाशाखाको सहयोगमा निर्माण गरिएको सो गृह एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।

विगत ५ वर्षदेखि नेपाल युथ फाउण्डेसन, चारतारे युवा क्लव, नेपाल र धौलागिरी अञ्चल अस्पतालको त्रिपक्षीय सम्झौतामा शुरु गरिएको पोषण पुर्नस्थापना गृह, हस्तान्तरण कार्यक्रमका प्रमुख अतीथी, सिवाईसीका सल्लाहाकार एवं जैमीनी न.पा.का नगरप्रमुख ईन्द्रराज पौडेल र सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले अस्पतालका मेडिकल सुपरीटेण्डेन डा. सागारकुमार राजभण्डारीलाई गृहको चावी र फाईल प्रदान गरी हस्तान्तरण गरेका थिए ।

गृहको हस्तान्तरण कार्यक्रममा वोल्दै प्रमुख अतीथि पौडेलले गृह निर्माणमा सहयोग पु¥याउने संस्थाहरुलाई धन्यवाद दिदै अस्पतालको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेन डा. राजभण्डारीले नेपालमा वर्षेनी कुपोषणका कारण धैरै वालवालीकाहरुको मृत्यू हुने बताउदै यसको रोकथामका लागि पनी पोषण पुर्नस्थापना गृहको आवश्यकता रहेको बताएका थिए । उनले गृह आज देखि पूर्ण रुपमा अस्पतालको जिम्मामा आएकाले यसलाई व्यवस्थीत गर्दै जिल्लामा रहेको कुपोषित वालवालीकाहरुलाई सेवा प्रदान गर्ने प्रतिवद्धत समेत व्यक्त गरेका थिए ।

सोही क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बागलुङ जिल्लामा खाद्यान्नको कमीले भन्दा पनी खाने कुराको व्यवस्थापन गर्न नजान्दा वालवालीकाहरु कुपोषणको सिकार हुने बताएका थिए । कार्यक्रममा चारतारे युवाक्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीको संयोजनमा बनको गृह नेपाल सरकारको निकायलाई हस्तानतरण गर्न पाउनु सिवाईसीका लागि गर्वको विषय भएको बताए । पौडेलले संस्थाको तर्फवाट हस्तान्तरण भएतापनी अस्पतालले आवश्यकता महशुस गरेका विषयहरुमा सदैव सिवाईसी सहकार्य गरेर अगाडि वढ्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल युथ फाउण्डेसन र पोषण पुर्नस्थापना गृह बागलुङको बारेमा फाउण्डेसनका सञ्चालन निर्देशक रीश्व गोर्खाली र पोषण संयाजक सुनीता रिमालले जानकारी गराएका थिए । गृहमा पौष्टीक आहारको कमीले कुपोषित भएका विरामी वालवालीकाहरुलाई पुनर स्थापना गरिने, गृहमा १० वटा वेड रहेको र विरामी लगाएत कुरुवालाई समेत खाना बस्नेको सुविधा रहेको, हालसम्म गृहबाट ५०४ जनालाई पोषण सुविधा प्रदान गरिसकीएको एवं गृहमा ८ जना कर्मचारीहरु कार्यरत रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष राम्जी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सिवाईसीका कार्यसमिति सदस्य सीता शर्मा र सञ्चालन संस्थाका प्रवन्धक संगिता शर्मा पौडेलले गरेकी थिईन ।