068-520146 cycnpl@gmail.com

बागलुङ १८, श्रावण २०७५

चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संयूक्त रुपमा आयोजना गरेको क्रिस्टल गहना निर्माण सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम शुक्रवार सम्पन्न भएको छ । सोमवारदेखि सुरु भएको उक्त तालिमका सहभागिहरु तालिम समापन भईसक्दा निकै नै उत्साहीत देखीएको छन् । सहभागिहरुले तालिम धैरै नै उपलब्धीमुलक भएको र यसले आफुहरुलाई उद्यम गर्न थप प्रेरीत गरेको बताएका थिए । ५ दिनमा क्रिस्टलको प्रयोग गरी माला, चुरा, औंठी, लकेट लगाएत विभिन्न प्रकारका गहना बनाउने सिप सिक्न सफल भएको बताउदै सहभागिहरुले यस तालिमले महिलाहरुमा आत्मनिर्भर बन्ने पेरणा दिएको समेत बताएका थिए । तालिमबाट प्रभावित भई धम्जा स्थायी घर भएकी तालिममा सहभागि सिवाईसीका सदस्य भिमकुमारी श्रीसले बिहीवार बा.न.पा.–२ दुरसञ्चार रोडमा आफ्नो उद्यम÷पसल पनी सञ्चालन गरिसकेकी छन् ।
तालिम समापनका क्रममा समापन सत्रका प्रमुख अतीथी संस्थाका पूर्व सल्लाहाकार, विशिष्ट सदस्य एवं स्वास्थ्य विज्ञ डा. तरुण पौडेलले तालिमवाट सिकेको सिपलाई प्रमाण–पत्रमा सिमीत नराखी व्यवसायीक बन्न सहभागिहरुलाई आग्रह गर्नुभएको थियो । सोही अवसरमा वोल्दै उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले यस्ता किसीमका सिपमुलक तालिमले महिलाहरुलाई आत्मनिर्भर र व्यवसायीक बन्न सघाउ पु¥याउने बताउनु भएको थियो ।
समापन कार्यक्रममा सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्मा, तालिमका प्रशिक्षक कमला सुवेदी लगाएतले पछिल्लो समयमा क्रिस्टलका गहनाको माग बढेकाले आफुले सिकेको सीप व्यवसायीक रुपमा प्रयोग गर्न सहभागिहरुलाई सुझाव दिनुभएको थियो ।
बागलुङ र गुल्मी जिल्ला गरी सिवाईसीका ३० जना उद्यमी सदस्यहरुको उपस्थिती रहेको कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष पौडेलले सहभागिहरुबाट उत्पादीत सामाग्रीहरुको बजार व्यवस्थापन र प्रचार प्रसारमा सिवाईसीले सधै सहयोग गर्ने बताउनु भएको थियो । उहाँले सिवाईसीको अवको लक्ष्य भनेको सदस्यहरुलाई कसरी धनी बनाउने भन्ने रहेकाले यस्ता खालका सिपमुलका तालिमहरु वर्षभर नै सञ्चालन गर्ने समेत बताउनु भएको थियो ।
५ दिन सम्म सञ्चालीत कार्यक्रम समापन सत्रको अध्क्षता संस्थाका अध्यक्ष पौडेल र सञ्चालन प्रवन्धक संगिता शर्मा पौडेलले गरेकी थिईन ।