068-520146 cycnpl@gmail.com

Organization Structure

org1440

उत्पादनमा हौसला मिलेको छ

चारतारे युवा क्लव नेपालले पछिल्लो समयम बागलुङ लगायत अन्य जिल्लामा लघुवित्त मार्फत ग्रामिण क्षेत्रका गरेको कार्य सहनिय छ । लक्षित वर्गलाई गाँउ—गाँउ पुगेर वित्तिय क्षेत्रको वारेमा जानकारी गराउदँदैै स्वरोजगार गराउने विषयमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । ग्रामिण क्षेत्रमा रहेका महिलाहरु जो आर्थिक रुपमा विपन्न छन्,उनिहरुले चाहेर पनि ठूला बैङ्क र सहकारीमार्फत ऋण पाउन सक्दैनन् । त्यस्तो समस्यालाई लघुवित्त मार्फत आफ्नै गाँउ घरमा वचत गर्दै आयआर्जनमा लगाउने लघुवित्तको उदेश्य भएकोले सो वर्गका मानिसलाई ठुलो सहयोग पुगेको छ । जसका कारण उनिहरुमा आयआर्जनमा मात्र नभएर क्षमता विकासमा पनि सहयोग पु¥याएको पाएको छु । लघुवित्तले महिलाहरुलाई मात्र नभएर निम्न वर्गमा समुदायलाई समेत समेटेर उत्पादनमा हौसला मिल्नुका साथै कर्जा पाउन समेत समस्या नहुने भएकाले छोटो समयमा नै यसको प्रभाव वढेको छ । संस्थाले अझै लघुवित्त नपुगेको ग्रामिण क्षेत्रमा आफ्नो कार्यक्षेत्र विस्तार गर्न जरुरि छ । राज्यले पनि उत्पादनको क्षेत्र र लघुवित्तलाई प्रर्वधन गर्नका लागि प्रभावकारी नीति ल्याउन जरुरी छ । म संविधान सभाको सदस्य भएको हैसियतले न्युन वर्ग र ग्रामिण क्षेत्रको उत्थान र विकासका लागि सहयोग पुग्ने नीति निर्माणमा सक्रिय रहनेछु,राज्यले गर्ने काम चारतारे युवा क्लव नेपालले गर्दै गएकोमा धन्यवाद संगै प्रगतिको कामना समेत गर्दछु ।