068-520146 cycnpl@gmail.com

बागलुङ २६, श्रावण २०७५

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले वित्तीय व्यवस्थापन विना समृद्धि असम्भव रहेको बताएका छन् ।
चारतारे युवा क्लव सिवाईसी नेपालले सञ्चालन गरिरहेको वित्तीय साक्षरताको अभियान अन्तर्गत शनिवारदेखि बागलुङ बजारमा संस्थाका सिनीयर कर्मचारीहरुका लागि आयोजना गरेको वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटनका क्रममा सो कुरा बताएका हुन ।
प्रमुख अतीथि ढुङ्गानाले जनताको जनस्तर, जीवनस्तर र चेतनास्तर परिवर्तन गर्न वित्तीय साक्षरता अत्यावश्यक रहेको बताउदै जीवन सुखमय गराउनका लागि बचतलाई विशेष प्राथामिकता दिनुपर्ने भनाई राखेका थिए । विदेशमा रहेका नेपालीहरुले ठुलो मात्रमा रेमीट्यान्स नेपालमा पठाउने गरेतापनी त्यसको सहि सदुपयोग र बचत हुन नसकेको ढुङ्गानाको भनाई थियो ।
प्रमुख अतीथि ढुङ्गानाले २०४६ को परिवर्तन पश्चात जिल्लामा धैरै संस्थाहरु स्थापना भएतापनी केही संस्थाहरुले मात्र आफुहरुलाई स्थापीत गर्न सकेको बताउदै सिवाईसीले समाजको विकास र समृद्धिका लागि पु¥याएको योगदान प्रशंसनीय रहेको बताए ।
उद्घाटन कार्यक्रममा सिवाईसी नेपालका संरक्षक एवं वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष एवं सीवईसीका संस्थापक सीता शर्मा, तालिम कार्यक्रमका प्रमुख प्रशिक्षक विनोद अधिकारी, सिवाईसीका कार्यसमिति सदस्य रेशमवहादुर के.सी लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
४ दिनसम्म सञ्चालन हुने तालिम कार्यक्रमको उद्घाटन सत्रलाई समापन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थालाई संस्थागत गर्न आफ्नो टिमले भोगेका दुखःका दिनहरु अहिले खुसीमा परिणत भएको अनुभुती आफुले गरिरहेको बताएका थिए । सिवाईसी अव अर्को चरणमा प्रवेश गरिसकेको बताउदै पौडेलले सिवाईसीले अव संस्थामा लागिसकेपछि सदस्यहरुमा के परिवर्तन आयो भन्ने विषयलाई प्रथामिकता दिने बताएका थिए । संस्थाले सञ्चालन गरिरहेको वित्तीय साक्षरताको अभियान आफ्ना सदस्यहरुलाई उद्यमी र जागरुक बनाउनका लागि रहेको पौडेलको भनाई थियो ।
संस्थाका २१ वटा शाखा कार्यालयबाट ३५ जनाको सहभागि रहेको तालिमको सहजिकरण प्रशिक्षक द्धोय विनोद अधिकारी र प्रेम वाग्लेले गर्ने संस्थाले जनाएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता कोषाध्यक्ष विमला गुरुङर स्वागत र प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।