About Us
The social workers and development practitioners in the district realized the need to address the problem that rural poor are in a state of dependency whereby they lack influence and control over decisions that affect their lives, wellbeing and resources. To meet these gaps as well as to respond to development needs and priorities in the country, Chartare Youth Club (CYC) was devised by the present chairperson Chandi Prasad Sharma on 22 July 1991 as an NGO in Baglung Municipality-09, Tityang (Tityang VDC ward no–9, Aduabari) in the historical house of Mr. Dandapani Upaddhyaya built by Pandit Ravi Prasad Upaddhyaya and was registered on 12 October 1992. Since then, the organization has gradually increased its activities over most of the VDCs in Baglung and achieved significant success in reducing poverty through empowering and educating communities for the socio-economic upliftment of rural and disadvantaged communities. The Government line agencies, as well as various national and international organizations, have been its supporting partners.
Organizations promoted by Chartare Youva Club, CYC Nepal
Our Activities
Training and Education
Time Contribution and Management
Women’s Network Capacity Building
CYC with Community
CYC with Parents
Tobacco Control and the Right to Health
Volunteer Work Program
3 Zero Club
Health and Sanitation
Eco-Village Development (EVD)
News and Notices
स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न
सुमन जि.सी, बागलुङ २६, आश्विन २०७४ प्राथामिक स्वास्थ्य सेवा श्रोत केन्द्र काठ्माण्डौको सहयोग तथा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल बागलुङ र जिल्ला समन्वय संस्था सिवाईसी नेपालको...
युवाहरुको सहभागिता विना विकास असम्भव–प्र.जि.अ. खरेल
बागलुङ २७, श्रावण २०७५ बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले युवाहरुको सहभगिता विना विकास असम्भव रहेको बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समिति बागलुङ र बागलुङ...
धौलागिरी अञ्चल अस्पताललाई पोषण पुर्नस्थापना गृह हस्तान्तरण
बागलुङ, ०१ श्रावण २०७५ धौलागिरी अञ्चल अस्पताललाई आज पोषण पुर्नस्थापना गृह हस्तान्तरण गरिएको छ । नेपाल युथ फाउण्डेसन काठ्माण्डौ र नेपाल सरकारको वाल स्वास्थ्य महाशाखाको सहयोगमा निर्माण गरिएको सो गृह...
Testimonials
प्रकाश शर्मा पौडेल
नेता नेपाली कांग्रेस
रोजगारीको अवसर सृजना
गैर सरकारी निकायहरुले राज्यको उपस्थिती नपुगेको ठाउँमा पुगेर विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन् । बागलुङको एक गाउँमा स्थापना भएको संस्था सिवाईसीले बागलुङ लगायत विभिन्न जिल्लालाई कार्य क्षेत्र बनाएर विपन्न समुदायको आर्थिक अवस्था उठाउन महत्वपूर्ण भूमिका खेलेको छ । अधिकांश गैससहरु विदेशी दातृ निकायको भर परिरहेको अवस्थामा सिवाइसी आँफै आत्म निर्भर भई ग्रामिण समुदायमा रहेका महिलाहरुको आयआर्जन अभिबृद्धि गर्न टेवा पु¥याएको छ । सिवाईसीले महिला, बालबालिका,युवाहरु लगायतको क्षेत्रमा काम गर्नु राम्रो पक्ष हो । मुलुकलाई आर्थिक सम्बृद्धिमा लैजानु पर्ने अवस्थामा सिवाईसीले लघुवित्त कार्यक्रम मार्फत घरदैलोमा पुगेर ऋण प्रवाह गरी रोजगारीको अवसर समेत सृजना गरेको छ । महिला शसक्तिकरणको क्षेत्रमा सिवाईसीले खेलेको भूमिका महत्वपूण छ ।
चम्पादेवि खड्का
प्रदेश सभा सदस्य गण्डकी प्रदेश
उत्पादनमा हौसला मिलेको छ
चारतारे युवा क्लव नेपालले पछिल्लो समयम बागलुङ लगायत अन्य जिल्लामा लघुवित्त मार्फत ग्रामिण क्षेत्रका गरेको कार्य सहनिय छ । लक्षित वर्गलाई गाँउ—गाँउ पुगेर वित्तिय क्षेत्रको वारेमा जानकारी गराउदँदैै स्वरोजगार गराउने विषयमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । ग्रामिण क्षेत्रमा रहेका महिलाहरु जो आर्थिक रुपमा विपन्न छन्,उनिहरुले चाहेर पनि ठूला बैङ्क र सहकारीमार्फत ऋण पाउन सक्दैनन् । त्यस्तो समस्यालाई लघुवित्त मार्फत आफ्नै गाँउ घरमा वचत गर्दै आयआर्जनमा लगाउने लघुवित्तको उदेश्य भएकोले सो वर्गका मानिसलाई ठुलो सहयोग पुगेको छ । जसका कारण उनिहरुमा आयआर्जनमा मात्र नभएर क्षमता विकासमा पनि सहयोग पु¥याएको पाएको छु । लघुवित्तले महिलाहरुलाई मात्र नभएर निम्न वर्गमा समुदायलाई समेत समेटेर उत्पादनमा हौसला मिल्नुका साथै कर्जा पाउन समेत समस्या नहुने भएकाले छोटो समयमा नै यसको प्रभाव वढेको छ । संस्थाले अझै लघुवित्त नपुगेको ग्रामिण क्षेत्रमा आफ्नो कार्यक्षेत्र विस्तार गर्न जरुरि छ । राज्यले पनि उत्पादनको क्षेत्र र लघुवित्तलाई प्रर्वधन गर्नका लागि प्रभावकारी नीति ल्याउन जरुरी छ । म संविधान सभाको सदस्य भएको हैसियतले न्युन वर्ग र ग्रामिण क्षेत्रको उत्थान र विकासका लागि सहयोग पुग्ने नीति निर्माणमा सक्रिय रहनेछु,राज्यले गर्ने काम चारतारे युवा क्लव नेपालले गर्दै गएकोमा धन्यवाद संगै प्रगतिको कामना समेत गर्दछु ।
मनकुमारी केसी
नेता— नेकपा एमाले
विदेभको अन्त्य र न्यायपूर्ण समाजमा शसक्त भूमिका
यसले सामाजिक जागरणको क्षेत्रमा निकै राम्रो भूमिका खेलेको छ । सामाजिक विभेदको अन्त्य र न्यायपूर्ण समाजको निर्माणका लागि सिवाईसीले आफ्नो भूमिकालाई शसक्त पारेको छ । लघुवित्त मार्फत ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यममा लाग्न प्रेरित गरिरहेको छ । यसलाई अझै गरिब मुखी बनाएर शसक्तीकरण र अधिकारको क्षेत्रमा क्रियाशिल बनाउनुपर्छ । महिलाहरुको क्षमता विकास र जागरणमा खेलिरहको भूमिकालाई अझ शसक्त पार्नुपर्छ । ग्रामिण समुदायमा रहेका महिलालाई चेतना अभिबृद्धिसँग आयआर्जनको क्षेत्रमा लगाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाएको छ ।
राजिव घिमिरे
नेता एनेकपा माओवादी
ग्रामिण अर्थतन्त्रमा सुधार
चारतारे युवा क्लव नेपालले सञ्चालन गरेको विविध कार्यक्रम संगै लघुवित्त कार्यक्रमले ग्रामिण स्तरमा राम्रो प्रभाव पारेको छ । शहरकेन्द्रित वैङ्क र सहकारी सञ्चालन हुनाले ग्रामिण स्तरका समुदायहरु यसको पहुँचमा पुग्न सक्दैनन् । यस विषयले सिवाइसी नेपालले सम्वोधन गरेको छ । जसको कारण पनि ग्रामिण अर्थतन्त्र सुधारसँगै संगै समाजिक चेतना,नेतृत्वविकास र सामुहिक कार्य गर्ने वानीको समेत विकास गरेको छ । संस्थाले सञ्चालन गरेको केहि गाविसमा आफुले पनि अनुगमन गर्न पाएकाले उनिहरु लघुवित्तले हौसिनुका साथै प्रगति गरेको पाइएता पनि अलमल पनि पाइएको छ । आफैले जम्मा गरेको रकम कम व्याजदरमा पाउन पाए राम्रो हुने उनिहरुको आशय छ । यस विषयलाई लघुवित्तले सहजिकरण गर्न जरुरि छ । यसका साथै गैर सरकारी संस्थाहरुले सामाजिक चेतना र विकासका लागि सञ्चालन गरेका क्रियाकलापले कहि कतै अर्को प्रभाव पनि पार्ने गरेको देखिएको छ । राजनैतिक र व्यक्ति विशेषको प्रभावले संस्थालाई नै वदनामी गराउने क्रियाकलाप पनि गरेको पाइन्छ । यो विषयमा चारतारे युवा क्लव नेपाल फरक पाएको छु । संस्थाको प्रभावि र अस्तित्व निकै फरक छ,यसको शाख र प्रभावि वढाउनका लागि राज्य संग समेत समन्वय गर्न जरुरि देख्दछु । यसका साथै संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रम अन्य क्षेत्रमा समेत सञ्चालन गर्न आवश्यक रहेकाले यसका संस्थाले ध्यान पु¥याउनुपर्ने आवश्यकता देखेको छु ।
केवि राना मगर
समाजसेवी
सिवाइसी आत्मनिर्भर बनेको छ यसबाट सवैले सिक्नु पर्छ
सिवाईसीले सामाजिक जागरणको क्षेत्रमा ठूलो काम गरेको छ । त्यसमा कुनै दुई मत छैन । चण्डी भाईको दम्पत्ती मिलेर जुन किसीमले खटिएका छन् त्यसको सराहना गर्नैपर्छ । सबै गैरसरकारी संस्थाहरु डोनरले पैसा दिए काम गर्ने परम्परताको अन्त्य गरेर सिवाइसी आत्मनिर्भर बनेको छ यसबाट सवैले सिक्नु पर्छ । सिवाईसी एकमात्र एउटा संस्था निस्केको छ, जसले आफै लगानी गरेर काम गर्छ । मैले सुनेसम्म ग्रामिण क्षेत्रमा लघुवित्त मार्फत स्थानीय महिलामा लगानी गरेर राम्रो काम गरेको छ । तर ख्याल गर्नुपर्ने कुरा के छ भने, लगानी गरेको रकम के काममा खर्च भैरहेको छ भन्ने कुरा पनि ख्याल राख्नुपर्छ । । कतै कतै लघुवित्तबाट ऋण लिएर बिवाहमा भोज भतेरमा खर्च गर्ने गरेको भन्ने पनि सुनिन्छ । त्यसलाई निरुत्साहित गर्दै उत्पादन मूलक क्षेत्रमा लगानी बढाउन सके समाज र परिवारमा परिवर्तन आउन सक्छ । सिवाईसीले कता आफ्नै भवन बनाउन तयारी गर्दैछ भन्ने सुनेको छु । मेरो शुभकामना छ ।
बसन्तकुमार श्रेष्ठ
मेयर–बागलुङ नगरपालिका
लक्षित वर्गको उत्थानमा भूमिका खेलेको छ
चारतारे युवा क्लव नेपाल (सिवाइसी) ले आफ्नो स्थापनाकाल संगै शशक्तिकरणको क्षेत्रमा राम्रो काम गर्दै आएको छ । संस्थाले केहि वर्ष अघिदेखि सुरुवाट गरेको लघुवित्त कार्यक्रम झनै प्रभावकारी वनेको छ । खासगरी बागलुङ जिल्लासंगै केहि जिल्लाकोे ग्रामिण क्षेत्रमा सञ्चालन गरेको लघुवित्तले लक्षित वर्गको उत्थानमा सवैभन्दा ठुलो टेवा पु¥याएको छ । संस्थाले ग्रामिण क्षेत्रका महिलाहरुले लक्षित गरि सञ्चालन गरेको आयआर्जन र शशक्तिकरण कार्यक्रमलाई अझै प्रभावकारी वनाउनका लागि अन्य गाँउमा समेत शाखाहरु खोल्नुपर्दछ । महिला वर्ग संगै गरिव र असहाय वर्गलाई समेत आयआर्जन र वित्तिय क्षेत्रमा गरेको कार्र्य अझै प्रभावकारी देखिन्छ । यसको क्षेत्र अझै विस्तार गर्ने र लक्षित क्षेत्रभन्दा वाहिर सहकारी गएको अवस्थामा सहकारीले आफ्नो भुमिका तदरुस्त राख्न जरुरी हुन्छ,जसले गर्दा शहकारीको मर्म र सिवाइसीको लक्ष्य पुरा होस् ।
अशोक गोविन्द राजभण्डारी
अध्यक्ष—बागलुङ सहकारी
ग्रामिण क्षेत्रमा नयाँ आयाम ल्याएको छ
बागलुङ जिल्ला लगायतको ग्रामिण क्षेत्रमा सिवाइसीले ग्रामिण क्षेत्रमा लघुवित्त मार्फत नयाँ आयाम ल्याएको छ । महिलाहरुलाई उद्यमी,स्वावलम्वी र शशिक्तिकरणमा विशेष देन दिएको छ । अरु संस्थाले भन्दा सिवाइसीको लघुवित्त प्रभावकारी देखिन्छ । सिवाईसीको उपसमुहमा आफु पनि आवद्ध भएकाले भएकाले नेपाल सरकारले गर्न नसक्ने काम सिवाइसी नेपालले गरेको पाएको छु । सिवाइसीवाट समयआन्दोदनको विषय पनि महत्वपुर्ण रहेको छ । अन्य जिल्लामा पनि यसको शाखा खोलियोस् । कार्यक्रम गर्नु पहिले भन्दा तालिम सञ्चालन गर्ने र वेरोजगार र केहि नभएका महिलाहरुलाई विना धितो लगानी गर्ने गरेको छ । रोजगारीको सिर्जना भएको छ ।
मुकेशचन्द्र राजभण्डारी
पूर्व अध्यक्ष—नेपाल पत्रकार महासंघ, बागलुङ
गरिवी न्यूनिकरणमा टेवा पु¥याएको छ
सिवाईसी नेपालले महिला समुहमा लघुवित्त कार्यक्रम मार्फत आयआर्जन गर्नको लागि सघाउ पु¥याएको छ । गाउँ घरमै पुगेर महिलाहरुको शसक्तिकरणसँगै आम्दानी बढाएर गरिवी न्यूनिकरणमा प्रत्यक्ष वा परोक्ष रुपमा टेवा पुगेको छ । समुहमा बसेर काम गर्दा व्यक्तित्व तथा नेतृत्व विकासको क्षेत्रमा पनि काम गरिरहेको छ । जसले समुदायलाई आत्मनिर्भर बन्न सहयोग पुग्छ । सिवाईसीले विभिन्न क्षेत्रमा सामाजिक काम गरिरहेको छ । सञ्चार क्षेत्रको विकासमा उद्घोषण लगायतका तालिम संचालन गरेर मद्यत गरेको छ ।
Key person
Mr. Chandi Prasad Sharma Paudel
Position: Chairperson
Contact: 9857620146
Email: sharmachandi146@gmail.com
Mr. Suman Gharti Chhetri
Position: Executive Director
Contact: 9765646406
Email: gcsuman654@gmail.com
Mr. Chandi Prasad Sharma Paudel
Position: Chairperson
Contact: 9857620146
Email: sharmachandi146@gmail.com
Mr. Suman Gharti Chhetri
Position: Executive Director
Contact: 9765646406
Email: gcsuman654@gmail.com